सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको हो । 

आज छापावाल सुन तोलामा एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । यसदिन चाँदी तोलामा १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *