सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली स्थानीय बजारमा  सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँ घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *