आज सुन के भाउमा किन बेच भइरहेको छ ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहँदै १ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २ सय रूपैयाँमै कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १ हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *