यसकारण देशभर इन्टरनेट राम्रोसँग चलिरहेको छैन

Thankot Times

थानकोट । 

बिहीबार अपरान्हबाट देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् ।

बिहीबार दिउँसो करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटा लगायतका कम्पनीलाई ब्याण्डविथ बापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाख भन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।    

अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रोयल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *