आज सुनचाँदीको भाउ कति पुग्यो ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *