कीर्तिपुरमा यात्रुबस दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते

Thankot Times

थानकोट। 

काठमाडौंको कीर्तिपुरमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो ।

घाइते तीन जनालाई अस्पताल लगिएको छ ।

आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिरः जेसीका कार्की


Leave a Reply

Your email address will not be published. Required fields are marked *