नेकपा एमाले चन्द्रागिरि नगर अधिवेशन आजबाट, प्रमुख अतिथि अष्टलक्ष्मी शाक्य
थानकोट ।
प्रमुख सत्ता घटक दल नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशन आज (जेठ ५ गते) बाट आयोजना हुँदैछ । दुई दिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेको छ ।
अधिवेशनको बिहान ११ बजे केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चन्द्रागिरि नगरपालिका-०५ किसिपिडी, महादेवस्थानमा उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनमा करिब ३ हजार जना नेता कार्यकर्ताको उपस्थिति रहने सो पार्टीको अनुमान छ ।
संगठन सुदृढीकरण र विस्तार अबको संकल्प, समृद्ध चन्द्रागिरिका लागि नेकपा एमाले निर्विकल्प भन्ने मूल नारासाथ हुन लागेको अधिवेशन भोलि (जेठ ६ गते) सकिनेछ ।
पार्टीको दोस्रो नगर अधिवेशनमा नगरभरका करिब २ सय जना प्रतिनिधिहरुले भाग लिने नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
२ चरणमा सञ्चालन हुने अधिवेशनको बन्दसत्र चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलस्थित सतुंगल पार्टी प्यालेसमा हुने छ ।











