नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको रहेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी तोलामा १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *