नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट।

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

हिजो सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज सोमबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ९ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३६ रुपैयाँ तोकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *