पाेर्चुगिस स्टार पेपेले फुटबलबाट सन्यास लिए

Thankot Times

थानकोट ।

पोर्चुगलका फुटबलर पेपेले फुटबल करियरबाट सन्न्यासको घोषणा गरेका छन् ।

पेपेले बिहीबार राति ३३ मिनेट लामो भावुक भिडियो सन्देशमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले उक्त भिडियोमा आफ्नो करियरमा सहयोग पुर्‍याएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

४१ वर्षीय पेपेले सन् २०१६ मा पोर्चुगलबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले पछिल्लोपटक पोर्चुगलबाट युरो २०२४ अन्तर्गत फ्रान्ससँगको क्वार्टरफाइनल खेलेका थिए । उक्त खेलमा पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

रियाल मड्रिडमा लामो समय व्यावसायिक करियर बिताएका पेपेले स्पेनिस ला लिगामा ३३४ खेल खेलेका छन् । देशबाट पेपेले १४१ क्याप जितेका छन् ।

गत वर्ष पोर्टोविरुद्ध गोल गरेसँगै पेपे च्याम्पियन्स लिगको इतिहासमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *