साफ यू-२० च्याम्पियनसिप: भारतले भुटानलाई हरायो, ३ जना खेलाडीलाई ‘रेड कार्ड’
थानकोट ।
२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको मिनेटमो मोनिरुल मोलाले ३७ औं मिनेटमा गोल गरे ।
यो खेल निकै तनावपूर्ण रहेको थियो ।
यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएका थिए ।
खेलकाे ६५ औ मिनेटपछि भारत ९ र भुटान १० जना खेलाडीमा सीमित भएकाे थियाे । जितसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ ।
प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् ।
हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।














