साफ यू-२० च्याम्पियनसिप २०२४ः नेपालको समुहमा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदै
थानकोट ।
काठमाडाैंमा जारी साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।
पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको नेपालको ३ अंक छ । बंगलादेश आफ्नो पहिलो खेल खेल्दैछ । यदि आज बंगलादेशले श्रीलंकालाई पराजित गरेका नेपाल र बंगलादेश अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछन् ।
आजको खेल श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा भने समूह चरण रोमाञ्चक हुनेछ । यो खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।














