साफ यू-२० च्याम्पियनसिप: आज भारत र माल्दिभ्सबीच खेल हुँदै

Thankot Times

थानकोट ।

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ ।

त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

समुह बी मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।

प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समूह ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

आजको खेलपछि सेमिफाइनलको समीकरण पुरा हुने छ ।

सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *