साफ यू-२० च्याम्पियनसिपको दोश्रो सेमीफाइनलमा भारत र बंगलादेशबीच खेल जारी

Thankot Times

थानकोट ।

साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा अहिले साबिक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु भएको हो ।

साबिक विजेतासहित तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० ले पराजित गरेको थियो । भारत जारी प्रतियोगितामा गोल नखाने एक्लो टिम हो ।

यस्तै बंगलादेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने घरेलु टोली नेपालसँग २-१ ले पराजित भएको थियो ।

भारत र बंगलादेशबीचको विजेता आउने बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *