श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा पहिला ब्याटिङ गर्दै
थानकोट।
नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्ध पहिला ब्याटिंङ गर्ने भएको छ ।
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले टस जितेर नेपाललाई पहिला ब्याटिंङको निम्तो दिएको हो ।
नेपालका लागि यस खेलमा सोमपाल कामीले कप्तानी गरेका छन् ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गएपनि यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका दुवै खेल वर्षाले रद्ध भएका थिए ।
अभ्यास खेल खेल्न नेपालको १९ सदस्यीय टिम श्रीलंका गएको हो ।
जसमा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।














