राखेप निर्देशक चयनमा विवाद, उपनिर्देशक संगीना वैद्यको राजीनामा

Thankot Times

थानकोट ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

निर्देशक चयन प्रकृया अपारदर्शी र परम्परा विपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् ।

राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो ।

अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् ।

तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराँते प्रशिक्षक सोभितराज प्रसाईलाई सो जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बनेकी हुन्  ।

ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् । वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो ।

वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसिङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिएकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *