खत्रीपाैवास्थित सुरुङमार्ग नजिकै लेदो सहितको भेल, राजपथ पूर्णरूपमा अवरुद्ध

Thankot Times

थानकोट ।

नागढुङ्गा-नाैबिसे सडक सोमबार साँझ अवरुद्ध भएको छ ।

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार सोमबार दिउँसोको भारी वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत खत्री पाैवास्थित सुरुङ मार्ग क्षेत्रमा लेदोसहितकोको भेल सडकमा बग्न थालेपछि  राजपथ पूर्णरूपमा अवरुद्ध भएको हो । भेल बगेको स्थान धादिङ जिल्लामा पर्दछ ।

सो क्षेत्रमा भारी वर्षा भइरहेकोले लेदो हटाउन नसकिएको प्रहरीले जनाएको छ । यद्यपी लेदो हटाउन उपकरण तयारी अवस्थामा रहेको बताइएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडाैं भित्रने र बाहिरिने सवारीसाधनको लाम लागेको छ ।

नागढुङ्गा नजिकै सडकमा केही साताअघि खसेको पहिरो खसेको स्थानमा अहिले यातायात एकतर्फी सञ्चालनमा रहेको समेत प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *