एएफसी यू-२० छनोट : नेपाल कम्बोडियासँग ४-१ ले पराजित
थानकोट ।
एएफसी २० वर्षमूनीको एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित भएको छ ।
ताइपेइ सीटीमा भएको खेलमा कम्बोडियाले नेपाललाई ४-१ गोलले हराएको हो ।
नेपालले खेलको तेस्रो र चौथो मिनेटमै गोल खाएको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा समिर तामाङले गोल गरेर खेललाई २-१ को अवस्थामा ल्याएका थिए ।
तर ६६ र ८३ औँ मिनेटमा गोल गरेर कम्बोडियाले खेल ४-१ ले जित्यो ।
अब नेपालले चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा, उज्वेकिस्तानसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।














