नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब च्याम्पियनसीपको फाइनलमा
थानकोट ।
नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको उपाधिका लागि आज उज्वेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
माल्दिभ्सको मालेमा हुने खेल बेलुका सवा नौ बजे शुरु हुनेछ ।
पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनशिपमा भाग लिएको हो ।














