साफ यु-१७ च्याम्पियनसिपः आज नेपाल र भुटान खेल्दै, सेमिफाइनलमा पुग्न नेपाललाई जित अपरिहार्य

Thankot Times

थानकोट ।

 भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने अवस्था छ ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् ।

गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *