बमजन परिवारको सहकारी ‘जालो’ मा चन्द्रागिरि नगरमा नाम चलेको सहकारीको पनि नाउँ !

Thankot Times

थानकोट ।

सहकारीको रकम अपचलन गर्न विभिन्न परिवार तथा व्यावसायिक घराना योजनाबद्ध ढंगले लागेको सरकारी प्रतिवेदनले औंल्याएको छ ।

सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले दर्जबहादुर तामाङ (बमजन) र उनका छोरा डम्बरबहादुर (डीबी) लगायत बमजन परिवार नै विभिन्न ठाउँमा फरकफरक नामका सहकारी स्थापना गर्ने, नागरिकको बचत संकलन गर्ने र मनपरी खर्च गर्न सामूहिक रूपमै लागेको तथ्य खुलासा गरेको हो ।

‘अहिले ब्रिटिस गोरखा समूहका आफन्त र त्यहाँबाट छुट्टिएर गएका कर्मचारीहरूद्वारा देशभर खोलिएका तीन सयभन्दा बढी सहकारी संस्थाहरू छन् । दुई सयभन्दा बढी सहकारीले ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तो बदमासी र ठगीको जालोमा देखिएका सहकारीका सञ्चालकहरू प्रायः बमजन परिवारले सुरु गरेको सहकारीबाट प्रवर्द्धित रहेको प्रतिवेदनमा उल्लेख छ  बिहीबारको कान्तिपुर दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *