चन्द्रागिरि क्षेत्रमा लगातार वर्षा, अप्रिय घटनाको विवरण आएको छैन- प्रहरी प्रशासन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा जारी छ ।

निरन्तरको झरीपछि नगर क्षेत्रका खोला खोल्सीमा पानीको सतह बढ्न थालेको छ ।

प्रहरी प्रभाग बलम्बुले बिहान १० बजेसम्म मातहतको क्षेत्रमा वर्षाको कारण कुनै अप्रिय घटनाको सूचना प्राप्त नभएको जनाएको छ ।

यस्तै प्रहरी वृत्त थानकोटले समेत मातहतको क्षेत्रमा वर्षाको कारण कुनै अप्रिय घटनाको सूचना प्राप्त नभएको जनाएको छ ।

प्रहरी प्रभाग नागढुङ्गाले समेत मातहतका क्षेत्रमा वर्षाको कारण कुनै अप्रिय घटनाको सूचना प्राप्त नभएको जनाएको छ ।

प्रभागका अनुसार नागढुङ्गा-नाैबिसे सडक खण्डमा बिहान १० बजेसम्म सवारी साधनको सञ्चालन नियमित रुपमा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशभरका नदीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अझै ४८ घण्टा लगातार झरी पर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार आज मध्य पहाडी क्षेत्रमा भारी वर्षाको धेरै सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *