झ्याप्ले खोलामा पहिरो, चन्द्रागिरि क्षेत्रको यातायात अस्तव्यस्त, चोकचोकमा यात्रुको भीड

Thankot Times

थानकोट ।

राजधानी काठमाडाैं भित्रने र बाहिरिने प्रमुख सडक नाका नागढुङ्गा नजिकैको झ्याप्ले खोला क्षेत्रमा सडकमा खसेको पहिरो पन्छाउने क्रम जारी छ ।

सडक अवरुद्ध हुँदा थानकोटतर्फ र धादिङतर्फ दुवै तिर सवारी साधनको लाम लागेको छ ।

चोकचोकमा ट्राफिक प्रहरी सवारी साधनको व्यवस्थापनमा खटिइरहँदा चन्द्रागिरि क्षेत्रमा सार्वजनिक यातायातसमेत भद्रगोल भएको छ ।

कार्यालय समय सुरु हुँदा कार्यालय, विद्यालय तथा गन्तव्यतर्फ जान सवारी साधन कुरेर उभिएका मानिसहरू चन्द्रागिरि नगरका मुख्य मुख्य चोकमा देख्न सकिन्छ । कतिपय यात्रुहरू भने हिँडेरै गन्तव्यतर्फ लागिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *