चन्द्रागिरि वडा नं. ५ र वडा नं. १५ दोश्रो अन्तर वडा कप फुटबल प्रतियोगिताको फाइनलमा
थानकोट ।
चन्द्रागिरि वडा नं. ५ र वडा नं. १५ दोश्रो अन्तर वडा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
मंगलबार सम्पन्न प्रतियोगिताको सेमीफाइनल खेलमा जित हात पार्दै चन्द्रागिरि नगरपालिका ५ महादेवस्थान किसिपिडी र वडा नं. १५ तीनथाना उपाधि नजिक पुगेका हुन् ।
पहिलो सेमीफाइनलमा चन्द्रागिरि ५ ले डिफेन्डिङ च्याम्पियन चन्द्रागिरि ४ को चुनाैती सडेन डेथमा पन्छायो ।
निर्धारित समय बिना कुनै गोल खेल बराबरीमा सकिएपछि खेलको नतिजा ट्राइबेकरमा लिइएको थियो जहाँ वडा नं. ५ ले बाजी मार्यो ।
दोश्रो सेमीफाइनल खेलमा चन्द्रागिरि वडा नंं १३ पुरानो नैकापको चुनाैती १-० ले पन्छाउँदै चन्द्रागिरि १५ उपाधि नजिक पुगेको हो ।
फाइनल खेल बिहीबार दिउँसो १ बजे सुरु हुने तालिका रहेको छ ।
प्रतियोगिताका विजेताले २ लाख २५ हजार, ट्रफी र मेडल पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेताले १ लाख १० हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी, गोलरक्षक, गोलकर्ता, प्रशिक्षकले जनही १० हजा रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । यसैगरी प्रतियोगिताको अनुशासित टोलीले १० हजार रूपैयाँ पाउनेछ ।














