साफ महिला च्याम्पियनसिप-२०२४: पाकिस्तानको पोष्टमा भारतको ५ गोल, नेपालको खेल भोलि
थानकोट ।
आजबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरू भएको साफ महिला च्याम्पियनसिप-२०२४ मा भारतले सुखद सुरुवात गरेको छ ।
बिहीबार साँझ सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि सहज जित दर्ता गरेको छ । समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको हो।
प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको आयोजक नेपालले भोलि शुक्रबार आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले भोलि साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ।
तस्बिरः एन्फा














