प्रहरीले सभामुखलाई दियो रवि लामिछाने पक्राउको जानकारी
थानकोट ।
प्रतिनिधिसभाका सदस्य समेत रहेका रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई लामिछाने पक्राउबारे जानकारी गराएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) मा बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउने उल्लेख छ ।
सूचना हेराैं











