नेकपा (एमाले) केन्द्रीय कमिटी १३ जना सदस्य मनोनीत (सूचीसहित)

Thankot Times

थानकोट ।

नेकपा (एमाले) ले १३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा) छन् ।

यस्तै, तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

बैठकले गरेका निर्णयहरू यस प्रकार छन् :

१. पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी २६ मंसिरमा सम्पन्न गर्ने ।

२. नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन ४ पुसमा सम्पन्न गर्ने ।

३. आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

४. पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने ।

५. बैठकले मधेश प्रदेशसभामा पार्टीका सभासद् जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।

६. बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्लास्तरकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।

७. बैठकले देहायबमोजिम १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । मनोनयन हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ