थानकोट क्षेत्रमा घामपानी

Thankot Times

थानकोट ।

आइतबार दिउँसो थानकोट क्षेत्रका हल्का वर्षा भएको छ ।

जल तथा माैसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी  भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

पछिल्ला दिन काठमाडाैंमा वायु प्रदुषण बढिरहँदा आइतबार दिउँसोको वर्षाले वातावरण केही सफा रहने अनुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *