एसीसी यू-१९ पुरुष एसिया कपः नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य
थानकोट ।
यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमात्रै बनाउन सकेको हो ।
नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । यी तीनबाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
समूह बीको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
यसैले अर्को चरणमा जाने सम्भावना जीवित राख्न नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ ।
यो समूहमा नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।
तस्बिरः क्यान














