आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
थानकोट ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले बिहान साढे ८ बजे आफ्नै निवास ललितपुरस्थित खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने बताइएको छ ।










