चन्द्रागिरि नगर पाँचाैं राष्ट्रपति रनिङ्ग शिल्ड ब्राइट होराइजनलाई, जेसिस दोश्रो, मंगलोदय तेस्रो

Thankot Times

थानकोट।

चाैध स्वर्ण, ८ रजत र ७ कास्य पदक जितेको मातातिर्थस्थित ब्राइट होराइजन चिल्ड्रेन होम स्कुल चन्द्रागिरि नगरपालिका पाँचाैं राष्ट्रपति शिल्ड प्रतियोगिताको विजेता बनेको छ ।

४२ विद्यालय सम्मलित चारदिने (पूर्व निर्धारित ३ दिने) प्रतियोगितामा सतुङ्गलस्थित जेसिस स्कुल दोश्रो हुँदा थानकोटस्थित मंगलोदय माविले तेस्रो स्थान हात पार्यो ।

ब्राइट होराइजनले एथ्लेटिक्सका २६ मध्ये १४ विधामा स्वर्ण जितेको हो । उसले एथ्लेटिक्समै ८ रजत र ६ कास्य जित्यो । १ कास्य भने मार्सल आर्ट्स विधा हात पारेको हो ।

यस्तै, दोश्रो स्थानको जेसिसले ५ स्वर्णसहित ९ पदक जित्यो । जेसिसका खेलाडीले मार्सल आर्ट्समा ४ तथा एथ्लेटिक्समा एक स्वर्ण जिते। एथ्लेटिक्समै २ रजत र १ कास्य जितेको जेसिसले मार्सल आर्ट्समा १ कास्य हात पार्यो ।

तेस्रो स्थानको मंगलोदय माविले ४ स्वर्णसहित ११ पदक जित्यो । जसमा एथ्लेटिक्समा १ स्वर्ण, कबड्डीमा २ स्वर्ण र एथ्लेटिक्समा १ स्वर्ण छन् ।

४२ विद्यालयका १ हजार ७ सय ६४ जना छात्रछात्रा सहभागी भएका प्रतियोगितामा ३२ वटा विद्यालयले कुनै न कुनै पदक जितेका छन् ।

गत वर्षपनि ब्राइट होराइजनले नै प्रतियोगिताको उपाधि उचालेको थियो ।

मंसिर १७ बाट सुरु भएको प्रतियोगिता बिहीबार सकिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *