चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा आज बिहान १० बजेबाट ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकारणले चन्द्रागिरि नगरक्षेत्रका अधिकांश क्षेत्रमा आज (शनिबार) बिहान १० बजेबाट ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार मातातिर्थ फिडर अन्तर्गत बालागाउँ क्षेत्रमा तार तथा ट्रान्सफर्मर लगायतमा मर्मत गर्न पर्ने भएकोले चन्द्रागिरि नगरका मातातिर्थ, दाउराडिपो, चेकपोष्ट, थानकोट, नागढुङ्गा, वाडभञ्ज्याङ लगायतका क्षेत्र तथा धादिङको धुनिवेशीं नगरका केही क्षेत्रमा समेत विद्युत सेवा अवरुद्ध हुनेछ ।
कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ ।










