विद्यालयले प्रयोग गर्ने सवारीसाधनको अनुगमन गरिनुपर्दछ- सांसद् राजेन्द्र कुमार केसी
थानकोट ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा भएको विद्यालय बस दुर्घटनाको प्रसङ्ग उल्लेख गर्दै विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच गर्न सभामुख देवराज घिमिरेमार्फत सरकारको ध्यानार्कषण गराएका हुन् ।
उनले उक्त दुर्घटनामा घाइते भएका सबै ३५ जना विद्यार्थीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत माग गरे ।
भिडियो हेराैं














