नेसपाको महाधिवेशन आज समापन हुँदै

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेसन आज समापन हुँदैछ ।
काठमाडौंमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेश गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ । सोमबार भट्टराईले पेश गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो ।
भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।
गत आइतबार देखी सुरू भएको महाधिवेशनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेशन समापन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *