नेकपा माओवादी केन्द्र कीर्तिपुर नगरको अध्यक्षमा बैकुण्ठ महर्जन

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्र कीर्तिपुर नगरको अध्यक्षमा बैकुण्ठ महर्जन निर्वाचित भएका छन् ।

गत माघ २६ गते सम्पन्न कीर्तिपुर नगरको तेस्रो सम्मेलनबाट महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिमा सबै पद निर्विरोध भएको बताइएको छ ।

जसअनुसार उपाध्यक्षमा राम कुमार खड्का, संगिता उप्रेती श्रेष्ठ, मोतिलाल नेपाली, सचिवमा दया लक्ष्मी महर्जन, सह सचिवमा हिसिला महर्जन, कोषाध्यक्षमा शान्ता न्यौपाने धमला रहेका छन् ।

सम्मेलनले ४१ सदस्यीय नगर कमिटि चयन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *