नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

Thankot Times

थानकोट ।

डा.बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीको अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजित गर्दै डा.भट्टराई निर्वाचित भएका हुन् ।

गत माघ २७ गतेबाट नेसपा (नयाँ शक्ति) को महाधिवेशन सुरु भएको थियो ।

महिला उपाध्यक्ष, दलित उपाध्यक्ष र कोषाध्यक्षसहित २० जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७० पदका लागि निर्वाचन भएको थियो ।

महिला उपाध्यक्षमा डा.भट्टराईकै छोरी मानुषी यमी भट्टराई, दलित उपाध्यक्षमा दर्गा सोव र कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *