मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुशवाहा पर्यटन र यादव वन मन्त्री नियुक्त

Thankot Times

थानकोट ।

मधेस प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

बिहीबार दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

बिहीबार बसन्तकुमार कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन मन्त्री र सञ्जयकुमार यादव वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

कुशवाहा र यादवलाई बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिलअलि मिया र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई जनमत पार्टीले फिर्ता बोलाएपछि उनीहरूको स्थानमा कुशवाहा र यादव नियुक्त भएका हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *