मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक

Thankot Times

थानकोट ।

सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक गएराति सम्पन्न भएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार, आकस्मिक बैठकले परिस्थिति मूल्याङ्कन गर्दै आगामी कार्ययोजनाका  बैठकहरू तय गरेको छ।

जसअनुसार शनिबार दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक बस्ने तय भएको छ । 

यसैगरी दिउँसो ४ बजे पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक सञ्चालन गर्ने र आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको प्रत्यक्ष बैठक बोलाउने निर्णय भएको छ । 

पार्टीले सबै सम्बद्ध पक्षलाई निर्धारित बैठकहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *