कमल थापा, दिपक सिंहसहित सात जना रिहा

Thankot Times

थानकोट ।

राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए ।

प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंह पनि रिहा भएका छन् । 

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले नारायणहिटी दरबार क्षेत्र आसपास र सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरिसकेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *