रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा डा. वाग्ले

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ ।

बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले नीति तथा विचार प्रमुखमा डा. स्वर्णिम वाग्ले मनोनयन भएका छन भने अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् । 

त्यस्तै, कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमले पाएका छन् ।

यसअघि पार्टी उपसभापति समेत रहेका वाग्ले अर्थ विभाग प्रमुख रहेका थिए ।

रास्वपाले ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई मनोनीत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *