रास्वपाका तीन विभागमा प्रमुख चयन
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रिक्त रहेका तीन विभागमा प्रमुख तोकिएका छन्।
शनिबार बसेको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुखमा सह-महामन्त्री विपिनकुमार आचार्य तोकेको हो।
यो विभागमा पूर्वबैंकर अनील केशरी शाह प्रमुख थिए।
उनले केन्द्रीय सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएपछि विभाग रिक्त थियो।
त्यस्तै अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा कार्यवाहक प्रवक्ता मनिष झा तोकिएका छन्।
अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप–प्रमुख रविकिरण अधिकारी तोकिएका छन्।













