प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि कांग्रेसको ह्विप

Thankot Times

थानकोट ।

सत्तारूढ दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ ।

कांग्रेसले सोमबार ह्विप जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न भनेको छ ।

“भोलि १० गते बस्ने संसद् बैठकमा आर्थिक वर्ष २०८२।८३ को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ,” कांग्रेसले भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *