भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक पास गर्ने कार्यसूची
थानकोट ।
सङ्घीय संसद् सचिवालयले शनिबार (भोलि) बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ ।
कार्यसूचीमा गृह मन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।
त्यस्तै गृह मन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ ।













