पूर्वप्रधानमन्त्री खनाल आउँदो आइतबार चीन भ्रमण जाने

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् । 

चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् ।

खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ