नेकपा एमाले सचिवालय बैठकमा ११ पदाधिकारी राख्ने प्रस्ताव
थानकोट ।
नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी सङ्ख्या घटाउने प्रस्ताव पुगेको छ ।
बिहीबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा यो विषय समेटिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार १ अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, १ उपमहासचिव र ५ सचिवसहित ११ सदस्यीय राख्ने प्रस्ताव पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल जारी रहेको छ । त्यस्तै संशोधित विधान प्रस्तावमा १९९ केन्द्रीय सदस्य रहने उल्लेख छ ।
हाल एमालेमा वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन् ।












