आज विभिन्न संसदीय समितिको बैठक बस्दै, कलङ्की-महाराजगन्ज खण्डको बारेमा छलफल हुने

Thankot Times

थानकोट ।

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४८औँ बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

यस्तै, बिहान ८ बजे नै सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल भइरहेको छ ।

यस्तैगरी, बिहान ८:३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने काठमाडौँ चक्रपथ, कलङ्की-महाराजगन्ज खण्डको डिपिआरका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

मध्यान्ह १२:१५ राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ भने ११:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरूबारे छलफल हुने कार्यसूची रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *