राप्रपामा आन्तरिक विवाद चुलियो, उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवाद चरम हुँदै गएको छ ।
राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा विवाद चरम भएको हो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट मुक्त गरेका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
गिरी शुक्रबार पदमुक्त गरिएका हुन् ।
राप्रपाद्वारा जारी विज्ञप्ति हेराैं













