राप्रपा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न र मिडियामा बोल्न कडाइ !

Thankot Times

थानकोट ।

राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न र मिडियामा बोल्नमा कडाइ गरेको छ ।

राप्रपा वरिष्ठ नेता उपाध्यक्ष तथा अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।

”बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गर्दछ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *