नेकपा एमालेकाे पोलिट ब्युरो बैठक सुरू
थानकोट ।
नेकपा एमालेको पोलिट ब्युरो बैठक सुरू भएको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।
बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।
७० वर्षे उमेर हद र पदाधिकारीमा दोस्रो पटक नदोहोरिने तथा पूर्व राष्ट्रपति बिधादेवी भण्डारीका पार्टीमा हुने भुमिका लगायतमा छलफल चलिरहेको छ।













