नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि आज एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । 

बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ । संशोधन प्रस्तावामा ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकालको व्यवस्था हटाउनेलगायत छन् । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । 

संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् । 

बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुन लागेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *